नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. जोशीले सम्हाले पदभार

काठमाडौँ, ९ फागुन । नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रमोद जोशीले पदभार सम्हालेका छन् ।
गत आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डा जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गरेको थियो । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. जोशी गेटा अस्पतालमा प्रमुखको रुपमा कार्यरत थिए ।
परिषदका सदस्य सचिव डा. प्रदिप ज्ञवालीको चार वर्षे कार्यकाल गत माघ २६ गतेबाट सकिएसँगै उक्त पद रिक्त थियो । रिक्त रहेको उक्त पदमा सरकारले डा. जोशीलाई परिषदको सदस्य सचिव पदमा नियुक्त गरेको हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



