नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. जोशीले सम्हाले पदभार

काठमाडौँ, ९ फागुन । नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रमोद जोशीले पदभार सम्हालेका छन् ।

गत आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डा जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गरेको थियो । वरिष्ठ हाडजोर्नी विशेषज्ञ  डा. जोशी गेटा अस्पतालमा प्रमुखको रुपमा कार्यरत थिए ।

परिषदका सदस्य सचिव डा. प्रदिप ज्ञवालीको चार वर्षे कार्यकाल गत माघ २६ गतेबाट सकिएसँगै उक्त पद रिक्त थियो । रिक्त रहेको उक्त पदमा सरकारले डा. जोशीलाई परिषदको सदस्य सचिव पदमा नियुक्त गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *