डब्लुएचओद्वारा इथियोपियामा हैजा प्रकोप विरुद्ध लड्न १७ वटा उपचार केन्द्र स्थापना

80
Shares

डिस अबाबा, ८ फागुन । डि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सोमबार इथियोपियामा हैजा प्रकोप विरुद्ध लड्न १७ वटा हैजा उपचार केन्द्रहरू स्थापना गरेको छ।

संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले जनाए अनुसार भर्खरै स्थापित उपचार केन्द्रहरूले हैजाको उपचारको लागि बिरामी हेरचाहको उपलब्धता, पहुँच र गुणस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ । डब्लुएचओले यस कदमले पीडितको जीवन बचाउनका लागि महत्त्वपूर्ण र प्रभावकारी काम गर्ने बताएको छ ।

त्यसमा आवश्यक चिकित्सा उपकरणले सुसज्जित ७१८ शैया क्षमताको हैजा उपचार केन्द्रमा स्क्रिनिङ र ट्राइज, अवलोकन, भर्ना, रिकभरी, फोहोर व्यवस्थापन, लुगा धुने, क्लोरिन तयारी, भान्छा लगायतको व्यवस्थापन गरिएको छ ।

डब्ल्युएचओका अनुसार इथियोपियामा चलिरहेको हैजाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या ४६८ पुगेको छ भने जनवरी ३० सम्म पूर्वी अफ्रिकी देशमा ३२ हजार ५४८ हैजाका घटनाहरू रिपोर्ट गरिएको छ।

इथियोपियामा हैजाको प्रकोप फैलिएको बीच संयुक्त राष्ट्रसंघ एजेन्सीहरू महामारी फैलिनुका कारण पत्ता लगाई समाधानका लागि आवश्यक कदम चाल्न सबै पक्षसँग आह्वान गरिरहेका छन्।

इथियोपियामा हैजाको प्रकोप जारी रहेका बेला संयुक्त राष्ट्रसंघका एजेन्सीहरू र मानवीय साझेदारहरूले देशमा बारम्बार हैजाको प्रकोपको फैलनुका मूल कारणहरूलाई सम्बोधन गर्न दिगो समाधानका लागि आह्वान गरिरहेका छन् । मूलतः कम गुणस्तरको पिउने पानी र खुला शौचालय नै मुख्य कारण मानिन्छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *