साइमा वाजेदले सम्हालिन् डब्लुएचओ दक्षिणपूर्वी एशियाको क्षेत्रीय निर्देशकको जिम्मेवारी

काठमाडौँ, १९ माघ । विश्व स्वास्थ्य संगठन दक्षिणपूर्व एशियाको क्षेत्रीय निर्देशकमा नियुक्त साइमा वाजेदले आफ्नो कार्यभार सम्हालेकी छन् । बिहीबार नयाँ दिल्लीस्थित क्षेत्रीय कार्यालयमा पुगेर उनले क्षेत्रीय निर्देशकको पदभार ग्रहण गर्दै कार्यभार सम्हालेकी हुन् ।

वाजेद बंगलादेशकी पहिलो र सो पद सम्हाल्ने दोस्रो महिला हुन् । उनी गत १ नोभेम्बरमा नयाँ दिल्लीमा बसेको क्षेत्रीय समितिको बैठकबाट क्षेत्रीय निर्देशकमा निर्वाचित भएकी थिईन ।

उनलाई गत २३ जनवरीमा डब्लुएचओको मुख्यालय जेनेभामा बसेको कार्यकारी बोर्डले क्षेत्रीय निर्देशकको रुपमा नियुक्त गरेको थियो ।

वाजेदले अब २ अर्व भन्दा बढी जनसंख्या भएको यस क्षेत्रका ११ देशमा अन्तराष्ट्रिय स्वास्थ्य कार्यको निर्देशन गर्नेछिन् ।

पदभारपछि बोल्दै वाजेदले सदस्य राष्ट्रहरु र डब्लुएचओलाई बर्तमान वास्तविकता र चुनौतीहरुको सन्दर्भमा स्वास्थ्यमा देखिएको ग्यापलाई सम्वोधन गरी बलियो बनाउनु भएको बताईन् । उनले समतामुलक र लचिलो स्वास्थ्य प्रणालीको लागि स्थानीय तहबाटै समाधानका उपाय अवलम्बन गर्ने र पिछडिएका र कमजोर समूहलाई सशक्त बनाउन आफू केन्द्रीत हुने बताइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *