शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा जागिरको अवसर, चिकित्सक देखि प्रशासनिक कर्मचारीसम्मका लागि दरखास्त आव्हान

2.8k
Shares

काठमाडौ, २४ कात्तिक ।  शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले चिकित्सक देखि अस्पताल प्रशासनसम्मका कर्मचारी मागेको छ।

शुक्रबार सूचना जारी गर्दै कार्डियाक सर्जन, कार्डियोलोजिस्ट, पिडियाट्रिक कार्डियोलोजिस्ट, एनेस्थेसिया रजिस्ट्रार, नर्स, परफ्युजन सहायक, ओभरसियर र प्रशासन उपसहायक पदका लागि दरखास्त आह्वान गरेको हो।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १४ गतेसम्म दरखास्त दिन सक्नेछन्। केन्द्रको वेभसाइटमा गएर अनलाइन दरखास्त दिन सकिनेछ।

दरखास्त शुल्क पदअनुसार १ हजार २५० देखि ४५० रूपैयाँसम्म निर्धारण गरिएको छ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *