स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारीको जिम्मेवारी डा. मदन उपाध्यायलाई

1.9k
Shares

काठमाडौँ, २९ असोज ।  स्वास्थ्य वीमा बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा मदन उपाध्यायले पाएका छन् । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयकै गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख रहेका उपाध्यायलाई थप जिम्मेवारीको रुपमा बोर्डको निमित्त कार्यकारी निर्देशक बनाएका हुन् ।

सरकारले गत २४ असोजमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई तीन महिनाका लागि निलम्बन गरेको थियो । कार्यकारी निर्देशक निलम्बन हुँदा बोर्डको दैनिक कार्य सञ्चालनमा समेत अफ्टेुरो परेको थियो ।

डा उपाध्यक्ष यसअघि पनि बोर्डको कार्यकारी निर्देशक भएर काम गरेका थिए ।

पछिल्लो समय बोर्डमा अध्यक्ष रिक्त हुँदा उनैले निमित्त अध्यक्षको भूमिका समेत निर्वाह गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

2 thoughts on “स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारीको जिम्मेवारी डा. मदन उपाध्यायलाई

  1. स्वास्थ्य बिमा मा दर्ता सहयोगी लाई योग्यता र मिहनत अनुसरको परिश्रमीक भएन किनकी 1 – 2 जना को फारम बुझाउन 2 दिन लाग्छ बिमा अफिश पुर्याउन । हामिलाई पनि मासिक परिश्रमिक उपलब्ध गराई पाउ ।

  2. अब स्वास्थ्य बिमामा मा संचालित कर्मचारीले दशै मनाउन पाउँछन् त?

Leave a Reply

Your email address will not be published. Required fields are marked *