डेंगु संक्रमणबाट छ वर्षीय बालकको मृत्यु

दमौली, २६ असोज । डेंगु संक्रमणबाट तनहुँको व्यास नगरपालिका–४ शीतलचोकका छ वर्षीय बालकको आज गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।
दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ। व्यास नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले बालकको मृत्युबारे औपचारिक जानकारी प्राप्त नभएको बताए। छ वर्षीय बालकको निधनसँगै व्यास नगरपालिकामा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
डेंगु संक्रमणबाट गत असार १६ गते व्यास नगरपालिका–१० निवासी ३५ वर्षीय युवा, असोज २ गते व्यास नगरपालिका–११ निवासी १५ वर्षीय किशोर, असोज ८ गते व्यास नगरपालिका–२ निवासी १३ वर्षीया बालिका र असोज २० गते व्यास नगरपालिका–२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

