सन्दर्भः विश्व मुटु दिवस २०२३

मुटुरोग लाग्नै नदिन वा लागि हालेमा कस्तो जीवनशैली अपनाउने ?

“मन लगाउँ, आफ्नो मुटु बचाउँ”

आज विश्व मुटु दिवस । ‘मन लगाउँ : आफ्नो मुटु बचाउँ’ भन्ने मुल नाराका साथ संसारभर मनाईदै छ ।

यो नाराको मुख्य सार भनेको आफ्नो मुटु जोगाउने वा विगार्ने हात आफैमा हुन्छ, त्यसैले आफ्नो मुटुका लागि आफैले विशेष ख्याल गर्नु पर्छ भन्न खोजिएको हो ।

यस रोगको कुरा गर्ने हो भने संसारभर सबैभन्दा बढी ज्यान जाने रोग हो । प्रत्येकवर्ष २ करोड बढी व्यक्तिको मुटुरोगबाट ज्यान जाने गरेको छ । नेपालमा त्यसको संख्या ३० हजार बढी भएको अनुमान छ ।

फेरी मुटुरोगलाई नियन्त्रण गर्न सकिने रोग समेत भनिने गरिएको छ । हामीले आफ्नो खानपान र जीवनशैलीमा सुधार गर्‍यौँ भने ८० प्रतिशत मुटुरोग आफै ठिक भएर जान्छ । यसै सन्दर्भमा आज हामी मुटुरोग लाग्नबाट कसरी जोगिने ? कस्तो व्यवहार र जीवनशैली अपनाउने भन्ने बारेमा केही सुझावहरु पस्केका छौँ ।

हेर्नुहोस ती सुझावहरु:

१. आनन्दपूर्वक जिउन वुद्धिविवेक, सम्पत्ति र स्वास्थ्य मान्छेका लागि नभै नहुने भए पनि स्वास्थ्य पहिलो प्राथमिकतामा रहनु पर्छ ।

२. मान्छेले रोगप्रतिरोधात्मक (रोगसँग लड्ने) क्षमता दह्रो बनाउने अभ्यास गर्नुपर्छ ।

३. धुमपान स्वास्थ्यको लागि अत्यन्तै हानीकारक छ । तसर्थ धुमपान गर्नेले विस्तारै विस्तारै घटाएर भए पनि यो छोड्नु पर्छ ।

४. हरियो तरकारी र फलफुल दिनदिनै खाने मान्छेमा मुटुरोग लाग्ने सम्भावना कम हुन्छ ।

५. शुद्ध घ्यु, तेल खानु मुटुका लागि त्यति हानिकारक हुन्न । तर पटक पटक पकाएको घ्यु, तेल खानु हुन्न ।

६. कार्वोहाइड्रेट धेरै भएको खाना (मैदा, आलु, चामल, चिनी) कम खाने गर्नु पर्छ । सागसव्जी, फलफुल तथा गेडागुडी धेरै खानु पर्छ ।

७. जंक फुड पटक्कै खानुहुन्न ।

८. खाना थोरै खाएर बाँच्न सिक्नु पर्छ ।

९. शुद्ध कफी दुई तीन कप मुटुका लागि राम्रो हुन्छ । तर मुटुको धड्कन बढि भएकाका लागि कफी राम्रो हुन्न ।

१०. मांसहारीका लागि खसी, कुखुराको सट्टा हप्तामा दु्ईपटक माछा खानु धेरै राम्रो हुन्छ ।

११. शुद्ध आलसको तेल फाइदाजनक हुन्छ । दिनको एक चम्चा आलस चबाउनु मुटुका लागि धेरै फाइदाजनक हुन्छ ।

१२. शारीरिक व्यायाम दैनिक ३०–६० मिनेट गर्नुपर्छ ।

१३. वयस्कहरुमा पनि १३०-८० सम्मको रक्तचाप सामान्य हो । तर किड्नी र मधुमेहको रोग भएकाहरुमा भने १२०-८० भन्दा बढि रक्तचाप हानीकारक हुनसक्छ ।

१४. ब्लडप्रेसर बढेर औषधी सेवन गर्न थालेकाले औषधी छोड्नै हुन्न भन्ने छैन । रक्तचाप बढ्नुका कारण हटाउन घटाउन सकेमा नियमित खाईरहेको औषधी चिकित्सकको सल्लाहमा छोड्न पनि सकिन्छ । जस्तै मध्यपान धुमपानका कारणले प्रेसर बढेको भए त्यस्ता पदार्थको सेवन छाडेपछि प्रेसरको समस्या पनि स्वत घटेर जान्छ ।

१५. त्यस्तै मधुमेहका रोगीले पनि चिकित्सकको सल्लाहमा कतिपय अवस्थामा औषधी सेवन छाड्न सक्ने हुनसक्छ ।

१६. कोलेस्टेरोलको परीक्षण खाना खाएपछि गर्नुहुन्न भन्ने मान्यतामा परिवर्तन आएको छ । खाना खाएर पनि परीक्षण गर्न सकिन्छ । खानाखानु र नखानुका विचको फरक दुई प्रतिशत मात्र हुन्छ ।

१७. रगतमा हुने कोलेस्टेरोलको ८०%  शरीर भित्रबाट बन्छ, २०% मात्र हामी खाएको खानाको कोलेस्टेरोलबाट बन्छ । यसकारण अण्डा खाएर कोलेस्टेरोल बढ्ला भनेर डराउनु पर्दैन । दैनिक एउटा उसिनेको पूरा अण्डा मुटु रोगीले खाए हुन्छ ।

१८. मधुमेहको रोगीले कोलेष्टेरोल जति छ सो को आधा घटाउनु पर्छ । यति नै हुनुपर्छ भन्ने होइन ।

१९. बिहान आधा लिटर पानी पिउनु पर्छ । त्यस पछि पिसाबको रङ सङ्लो अवस्था कायम रहने गरी पानी पिउनु पर्छ । एकै पटक धेरै पानी पिउनु वा ज्यादै धेरै पानी पिउनु हुन्न । मुटुको रोगी र किड्नीका रोगीले पानी धेरै पिउन हुन्न ।

२०. स्वस्थ्य व्यक्तिले पनि वर्षमा कम्तिमा एक पटक आफ्नो स्वास्थ्य परीक्षण गराउनु पर्छ ।

२१. सकारात्मक तथा नकारात्मक दुवै उत्तेजना मुटुका लागि हानिकारक हुन्छ । तसर्थ उत्तेजित हुनु हुदैन ।

२२. आवेग र उत्तेजनाबाट जोगिन योग, ध्यान तथा दान गर्नुपर्छ ।

२३. दिनमा कम्तिमा पाँच मिनेट हाँस्नु आवश्यक छ । तर अत्यन्तै उत्तेजना पैदा हुने कृतिम हाँसोले पनि मुटुलाई नकारात्मक प्रभाव पर्छ ।

२४. दान दिने वानी राम्रो हो । यसले मानसिक तनाव घटाउँदछ र हृदयघातबाट बचाउँछ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *