डाक्टरहरुप्रतिको दुर्व्यवहार बन्द गरौँ, सम्मान र हार्दिकता विकास गरौँ : एमाले अध्यक्ष ओली
काठमाडौँ, १० असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गर्दै सम्मान र हार्दिकता विकास गर्न अनुरोध गरेका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बुधबार आफ्नो फेसबुक पेज मार्फत पछिल्लो समय डाक्टरहरुमाथि हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको भन्दै दुर्व्यवहार बन्द गरेर सम्मान र हार्दिकताको विकास गर्न आग्रह गरेका छन् ।
‘मेरो जीवनमा डाक्टरको ठूलो भूमिका छ। डाक्टरको महत्त्व म स्वयंले आफ्नो जीवनमा महसुस गरेको छु । आजभोलि उपचार गरिरहेका डाक्टरहरुलाई हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको छु’, ओलीले अनुरोध गर्दै भनेका छन्, ‘मेरो अनुरोध छ – डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गरौँ । सम्मान र हार्दिकता विकास गरौँ ।’ ओलीले लेखेका छन्।
देशभर डाक्टर र स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढ्दै गएपछि केही दिनदेखि देशभरका चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा छन्।