चिकित्सकमाथि कुटपिट गर्ने चार जना पक्राउ

600
Shares

काठमाडौँ, २८ भदौ । हेटौँडाको सन्चो अस्पतालभित्र पसेर चिकित्सकमाथि कुटपिट गर्ने दुईजनालाई प्रहरीले नियन्त्रममा लिएको जनाएको छ ।

डाक्टरमाथि सांघातिक आक्रमण गर्नेमध्येका रमा प्रधान र रमिता प्रधानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।

रमा मृतक राजेश प्रधानको श्रीमती र रमिता छोरी हुन् । कुटपिटमा पक्राउ परेका दुईसहित मृतकका छोरा, भतिजलगायत संलग्न रहेको प्रहरीको भनाइ छ ।

सन्चो अस्पतालका चिकित्सकहरु डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बुधबार दिउँसो सामूहिक कुटपिट भएको थियो ।

गत साउन २५ गते डेंगी सङ्क्रमित हेटौँडा–१२ का ४१ वर्षीय प्रधानको परीक्षणका क्रममा लापरबाही गरेको आरोपमा चिकित्सकहरुमाथि आक्रमण भएको हो। सन्चोबाट रिफर भएका उनको मृत्यु भने चितवनस्थित चितवन मेडिकल कलेजमा भएको थियो ।

यसैबीच नेपाल चिकित्सक संघले बिरामीको उपचारमा खटिएका चिकित्सक माथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएको भन्दै विज्ञप्ती जारी गरेर भत्र्सना समेत गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *