औषधि ब्यवस्था विभागद्धारा ४३ प्रकारका औषधिलाई दर्ता प्रक्रियामा आउन आव्हान

2.2k
Shares

काठमाडौँ, १३ भदौ । औषधि व्यवस्था विभागले ४३ प्रकारका अत्यावश्यक औषधिको सूची सार्वजनिक गर्दै दर्ताको प्रक्रियामा आउन आव्हान गरेको छ । गत १९ जेठमा भएको चिकित्सक, औषधि व्यवसायी तथा त्यससंग सम्वन्धित सरोकारवालासंगको छलफलका आधारमा विभागले औषधिका सूची सार्वजनिक गर्दै दर्ताका लागि आउन आव्हान गरेको हो ।

विभागका महानिर्देशक नारायण ढकालले १९ जेठको छलफलको आधारमा अत्यावश्यक औषधिहरु जो विभागमा दर्ता भएका छैनन्, उनीहरुलाई दर्ताका लागि आउन आव्हान गरिएको बताए । उनले यो आव्हान स्वदेशी उद्योग देखि औषधि पैठारीकर्ता सम्मलाई भएको समेत बताए ।

‘धेरै जसो क्रिटिकल केयरका बिरामीका लागि प्रयोग हुने औषधि छन् । कतिपय पहिले पटके अनुमति लिएर प्रयोगमा ल्याइन्थ्यो । अब चाहि विभागमा दर्ता भएर सहज रुपमा उपलव्ध गराइयोस भन्ने हाम्रो उदेश्य हो,’ महानिर्देशक ढकालले भने ।

यस्तो छ विभागको सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *