डा. रञ्जीतकुमार यादव पक्राउ प्रकरण

चिकित्सक संघद्धारा सीआईबी र मेडिकल काउन्सिलका अधिकारीमाथि छानविन गर्न माग

2.0k
Shares


काठमाडौँ, २९ साउन । नेपाल चिकित्सक संघले डा रञ्जीतकुमार यादवलाई पक्राउ गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र विबरण उपलव्ध गराउने नेपाल मेडिकल काउन्सिलका अधिकारीहरुमाथि अविलम्ब छानविन गरी कडा कारवाही गर्न माग गरेको छ ।

काउन्सिलले उपलव्ध गराएको विवरणको आधारमा सीआईबीले नक्कली चिकित्सकको आरोपमा डा यादवलाई २५ साउनमा नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानबाटै उनी सक्कली चिकित्सक भएको ठहर भएपछि आइतबार बेलुका सीआईबीले रिहा गरेको थियो ।

संघले आज जारी गरेको विज्ञप्तीमा डा यादवलाई पक्राउ गरी मानसिक तनाव सिर्जना गरेको, मानमर्दन गरी न्युनतम मानव अधिकारको समेत हनन गरिएको उल्लेख छ ।

उसले काउन्सिल जस्तो नियमनकारी निकायबाट चिकित्सकहरुको गलत विवरण सिआईबीलाई उपलव्ध गराउनु तथा कुनै पनि सरोकार नभएका चिकित्सकलाई नक्कली भनि फक्राउ गरेर समाजमा त्रसिद बातावरणको सिर्जना गर्ने बिरामी र चिकित्सक बीचको सम्वन्धमा कमी लयाउने काम गरेको आरोप लगाएको छ ।

सीआईबीले चिकित्सकका एसएलसी र प्लसटूको शैक्षिक प्रमाणपत्र नक्कली पेश गरी डाक्टर बनेकाहरुको खोजी गर्न फोक्सट्रोट चार्ली अप्रेसन चलाएको छ । जसमा ८ बढी चिकित्सक पक्राउ परेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *