लमजुङ अस्पतालमा पित्तथैलिको शल्यक्रिया सुरु

काठमाडौँ, २७ साउन । लमजुङ अस्पतालमा पित्तथैलिको शल्यक्रिय सुरु भएको छ ।
प्रदेश सरकार मातहत आएपछि लमजुङ अस्पतालमा पहिलो पटक ३४ वर्षिय महिलाको पित्तथैलिमा पत्थरी देखिए पछी पित्तथैलिको सफल शल्यक्रिय गरी ३ दिन पश्चात डिस्चार्ज गरिएको छ ।
उनको स्वास्थ्य अवस्था सामान्य तथा सुधारन्मुख रहेको छ । शल्यक्रियमा संलग्न चिकित्सक जनरल सर्जन डा. मुकेश जैसवाल, डा. विज्ञान आचार्य, एनेस्थेसियोलोजिष्ट डा. शिशिर खड्का, अस्पताल प्रमुख, अस्पताल व्यवस्थापन र सम्पुर्ण ओटी टिम प्रत्यक्ष सहभागी भएका थिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

