डेंगी संक्रमणबाट चितवनमा एक जनाको मृत्यु

152
Shares

काठमाडौँ, २६ साउन । डेंगीको सङ्क्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। उनी बिरामी भई यही साउन २३ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

चालु आर्थिक वर्ष २०८०/८१ मा डेंगीको सङ्क्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो। जिल्लामा उपचारका लागि आएकामध्ये हालसम्म ५३ जनामा डेंगीको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। पाँच सय ३२ जनाको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो ।

सङ्क्रमितमध्ये ठेगना नखुलेका छ जना र जिल्ला बाहिरका १७ जना रहेका छन् । चितवनका ३० जनामा डेंगीको सङ्क्रमण देखिएको छ। गत आर्थिक वर्षमा डेंगीका कारण चितवनमा छ जनाको मृत्यु भएको थियो। जसमध्ये चार जना चितवनका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *