भरतपुर महानगरले तोक्यो डेङ्गी परीक्षणको अधिकतम शुल्क ६ सय

काठमाडौँ, २४ साउन । बढ्दो डेंगी संक्रमण नियन्त्रण रोकथामका लागि भरतपुर महानगरले डेङ्गी परीक्षणको अधिकतम शुल्क ६ सय रुपैया तोक्ने निर्णय गरेको छ । महानगरको बुधबार बसेको नगरप्रमुखस्तरीय बैठकले सो निर्णय गरेको हो ।
महानगरले सम्बन्धित स्वास्थ्य संस्थामा डेंगीको परीक्षण गराउँदा प्रतिव्यक्ति ६ सय रुपैयाँभन्दा धेरै लिन नपाउने जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




