काभ्रेको ६ स्थानीय तहमा डेंगी संक्रमण

112
Shares

काभ्रे, २३ साउन । काभ्रेपलाञ्चोकका छ स्थानीय तहमा डेंगीको सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले छ तहमा सात जना डेंगी सङ्क्रमित पुष्टि भएको जनाएको छ ।

कार्यालयका अनुसार नमोबुद्ध नगरपालिकामा एक पुरुष र एक महिलाका साथै बनेपा, पनौती, पाँचखाल, मण्डनदेउपुर र रोशी गाउँपालिकामा एकरएक जनामा डेंगीको सङ्क्रमण पुष्टी भएको हो । सङ्क्रमितमध्ये पाँच पुरुष र दुई महिला रहेको कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाइले बताए । उनका अनुसार सङ्क्रमित सबै विभिन्न अस्पतालमा उपचाररत छन् ।

काभ्रेपलाञ्चोकमा यसअघि छ सय ८० डेंगीबाट सङ्क्रमित भइसकेका छन् । डेंगीको उच्च जोखिमका रुपमा रहेको काभ्रेपलाञ्चोकमा प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन भइरहेको छ ।

हाल जिल्लाका १३ वटै स्थानीय तहमा उक्त अभियान सञ्चालन भएको कार्यालयले जनाएको छ । डेंगीको उच्च जोखिमका नेपालका १० जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *