पाल्पामा डेंगी संक्रमणबाट एक जनाको मृत्यु

292
Shares

पाल्पा, २२ साउन । पाल्पामा डेंगी संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका वडा नं.–६, बर्तुङकी ६९ वर्षीया महिलाको आइतबार मृत्यु भएको हो ।

गत १६ साउनमा डेंगी संक्रमण पुष्टि भएकी ती महिलाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले पुष्टि गरे ।

उनले यसवर्ष अर्लि वार्निङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स)मा जोडिएको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजले पेश गरेको तथ्यांक अनुसार अहिलेसम्म जिल्लामा ४९ जना संक्रमित भेटिएको बताए । उनले रिपोर्टिङमा नआएका पनि हुन सक्ने भन्दै स्थानीय तहलाई चनाखो बन्न आग्रह गरे ।

पाल्पामा सन् २०२१ मा १४ जनामा संक्रमण देखिएकोमा सन् २०२२ मा २३३ जना र सन् २०२३ को हालसम्म ४९ जनामा संक्रमण पुष्टि भएको तथ्यांक छ ।

उता स्वास्थ्य सेवा विभाग इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले यो वर्ष ७ हजार ७ सय ३३ जनालाई डेंगी संक्रमण पुष्टि भइसकेको बताएको छ । अहिलेसम्म उसले ७ जनाको मृत्यु भएको जनाएको छ । यसपटक जसमा सबैभन्दा बढी संक्रमण सुनसरीको धरानमा देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *