अस्पतालमा बिरामीको चाप घटाउने गरी काम गर्नु : मन्त्री सिंखडा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले अस्पतालहरुमा बिरामीको चाप घटाउने गरी काम गर्न निर्देशन दिएकी छन् । उनले प्रदेशबासीलाई उपचारका लागि प्रदेशवाहिर पठाउन नपर्ने बाताबरण बनाउन अस्पताल प्रमुखहरलाई निर्देशन दिएकी छन् ।
गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको प्रदेश स्तरीय स्वास्थ्य कार्यालयहरुको समीक्षा गोष्ठीलाई संवोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
प्रदेशका विरामीलाई अन्यत्र उपचार गर्न जाँदा अफ्टेरो हुने भन्दै सकेसम्म धेरै रोगको उपचार गण्डकी प्रदेशमा हुने व्यवस्था मिलाउन निर्देशन दिएकी हुन । उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्रोत साधन सम्पन्न बनाउनु पर्ने समेत बताईन् ।
स्वास्थ्य क्षेत्रमा सुधार गर्नको लागि कुनै पनि कसरत बाँकी नराख्ने, प्रदेशबाट नै सकेसम्म धेरै सेवा निशुल्क दिने योजना दिन तथा एनजीओसंग सहकार्य गर्ने कार्यक्रम मन्त्रीलाई सोधेर मात्र अघि बढ्न निर्देशन दिईन् ।
गण्डकी प्रदेशका नीति तथा योजना आयोगका सदस्य सुबास अधिकारीले प्रदेश सरकारले सुरु गरेको परिवारिक स्वास्थ्य प्रोफाइल बनाउने योजना तीब्र रुपमा अघि बढाउनुपर्ने जानकारी दिए । उनले जनताको स्वास्थ्य उपचारको लागी कम खर्च हुने योजन अघि बढाउन अनुरोध गरे । स्वास्थ्को क्षेत्रमा कुनैपनि योजना हाल्ने बेलामा योजना माथी अनुसन्धान हुनुपर्ने बताए ।
कार्यक्रममा संक्रमण तथा सरुवा रोग अस्पतालका निर्देशक डा विकास गौचनले संक्रमण तथा सरुवा रोग अस्पतालले अहिलेसम्म उल्लेखनीय काम गरेको बताए । अहिले पनि गण्डकी अस्पतालमा अन्य अस्पतालमा नपाइने तर संक्रमण रोग तथा कोभिड १९ विरुद्धको खोप निरन्तर दिएको बताए । उनले ५० शैयाको अस्पतालमा विभिन्न सरुवा रोग, आँखाको प्रथामिक उपचार र इमजेन्सी सेवा २४ घण्टा नै सुचारु गरेको सुनाए ।
गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश क्षयरोग उपचार केन्द्र, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रलय आपुर्ति व्यवस्थापन केन्द्र लगायतका संस्थाले समीक्षा गोष्ठीमा प्रगति विवरण र आगामी वर्षको योजना पनि सुनाएका थिए ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

