धरानको खानेपानीमा पनि ‘कोलीर्फम’ भेटियो

120
Shares

काठमाडौँ, १९ साउन । धरान उपमहानगरपालिकामा वितरण भएको  खानेपानीमा दिसामा पाइने जीवाणु कोलीर्फम भेटिएको छ । खानेपानी बोर्ड मार्फत धरानमा वितरण भइरहेको पानीको मुहान र ट्याङ्कीको पानी परीक्षण गर्दा कोलीर्फम पाइएको हो ।

धरानको हाल वितरण भइरहेको खानेपानीमा कोलीर्फम भेटिएको प्रतिवेदन इटहरीस्थित नेपाल सरकार खानेपानी मन्त्रालय, पानीको गुणस्तर परीक्षण प्रयोगशालाले दिएको हो ।

कोलिफर्म शून्य युनिट रहेको पानीमात्र खानयोग्य हुने प्रयोगशालाले जनाएको छ ।

सर्दु, लर्दुसहित पछिल्लो समय ल्याएका खोला-खोल्सासहित ६ वटा मुहानको पानी शुद्धीकरण नगरी पिउन नहुने कोलीफर्मयुक्त प्रदूषित पाइएको हो ।

सबैभन्दा बढी भालु खोलाबाट ल्याई विजयपुर गौ धारा ट्याङ्कीमा खसालिएको पानीमा कोली फर्मको मात्रा ३५ युनिट पाइएको छ । फुस्रेस्थित ट्यांकीको पानीमा कोलीफर्म ३० युनिट पाइएको छ ।

निसाने खोलाको पानीमा कोलीफर्म २० युनिट पाइएको छ । सर्दु खोलाको पानीमा कोलीफर्म १० युनिट पाइएको छ । खर्दुखोलाको पानीको कोलिफर्म १५ युनिट पाइएको छ ।

पछिल्लो समय कोकाहाबाट ल्याएर विष्णु चौकमा झारिएको पानीमा समेत कोलिर्फम ५ युनिट पाइएको छ ।

धरान-१७ स्थित कुम्भी आहालमा जमिनमुनिबाट निकालिएको पानीमा भने कोलिफर्म शून्य रहेको पाइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *