स्वास्थ्य मन्त्रालयको नीति योजना शाखामा राजेश पन्थी

672
Shares

काठमाडौँ, १७ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना शाखाको नेतृत्व गर्न राजेश पन्थी आएका छन् । उपसचिव पन्थी  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सरुवा भई स्वास्थ्यमा आएका हुन् ।

यसअघि त्यस शाखाको नेतृत्व लिलाराज पौडेलले सम्हाल्दै आएका थिए । मन्त्रालयको नीति योजनामा लामो समय विताएका पौडेललाई पछिल्लो पटक अघिल्ला स्वास्थ्य मन्त्री पदम गिरीले त्यहाँ ल्याएका थिए ।

उपसचिव पन्थीले स्वास्थ्यमा आएर नयाँ जिम्मेवारी सम्हाल्न थालिसकेका छन् ।

तर, पौडेलले भने रमाना लिईसकेका छैनन् ।

‘मेरो चिठी आइसकेको छैन् । त्यसैले अहिल्यै कहाँ सरुवा भयो भनेर भन्न सक्दिन । स्वास्थ्यमा मेरो ठाँउमा साथी आएर सम्हाल्न थालि सक्नु भएको छ,’ पौडेलले भने ।

नीति योजना शाखा स्वास्थ्यमा सबैभन्दा महत्वपूर्ण शाखा मानिन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *