डेंगीबाट ४ हजार २८९ जना संक्रमित, ३ जनाको ज्यान गयो

184
Shares

काठमाडौँ, ९ साउन । पछिल्लो आठ महिनामा नेपालमा ४ हजार २८९ जनामा डेंगी संक्रमण देखिएको छ । डेंगी संक्रमणकै कारण यहि अवधीमा ३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरु सबै सुनसरीका भएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

नेपालमा सन् २००४ देखि डेंगी देखिन थालेको हो । पहिलो वर्ष एउटा केस भेटिएकोमा गतवर्ष २०२२ मा सबैभन्दा बढी अर्थात कुल ५४ हजार ७८४ मा डेंगी देखिएको थियो । सन् २०२३ को जनवरी देखि जुलाई २४ (हिजो) सम्मको रिपोर्टमा नेपालमा कुल ४ हजार २८९ जनामा डेंगी संक्रमण भेटिएको छ ।

ईडीसीडीका निर्देशक डा रुद्र मरासिनीले यसबर्ष पनि बर्खा सुरु भएसंगै डेंगीको संक्रमण बढ्न थालेको बताए ।

ईडीसीडीले दिएको  सोमबारसम्मको रिपोर्ट अनुसार सबैभन्दा बढी सुनसरीमा कुल २ हजार ५४२ केश भेटिएको छ । त्यसपछि धादिङमा ४०१, कास्कीमा २०५, दार्चुलामा १९०, काठमाडौँमा ८०, संखुवासभामा ६४, म्याग्दीमा ५४ र कञ्चनपुरमा ५२ केश भेटिएको छ । यस्तै रुपन्देहीमा ४५ र मोरङमा ३८ जनामा डेंगी देखिएको छ ।

लामखुट्टेको टोकाईबाट सर्ने डेंगी रोगका लागि भदौ असोजसम्म मौसम समेत अनुकुल हुने बताइन्छ ।

डेंगी रोगबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु नै सबैभन्दा उत्तम उपाय भन्ने गरिएको छ ।

डेंगी प्रभावित क्षेत्रमा लामखुट्टेविरुद्धको खोज र नष्ट गर अभियान सञ्चालन गर्न आव्हान गरिएको छ । यद्धपी त्यो अभियान अझै प्रभावकारी बन्न सकेको छैन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *