मल्टिकेयर सर्जिकल प्रालिद्धारा बीपी प्रतिष्ठानलाई प्रविधिजन्य स्वास्थ्य सामग्री सहयोग

1.5k
Shares

काठमाडौँ, ७ साउन । हेटौँडास्तिथ मल्टिकेयर सर्जिकल प्रालिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आफूले उत्पादन गरेको प्रविधिजन्य स्वास्थ्य सामग्री उपलव्ध गराएको छ ।

प्रतिष्ठानमा डेंगी रोगका बिरामीको चाप बढ्दै गएको सन्दर्भमा मल्टिकेयर प्रालिले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उपचारमा प्रयोग हुने प्रविधिजन्य स्वास्थ्य सामग्री निशुल्क उपलव्ध गराएको हो ।

आइतबार धरानमा आयोजित समारोहमा मल्टिकेयरका तर्फबाट निर्देशकद्धय पवन आचार्य र सुशीलकुमार दाहालले अस्पतालका निर्देशक डा जगतनारायण प्रसादलाई सामग्री हस्तान्तरण गरे ।

सामानहरुमा व्लड कलेक्सन ट्युव, सिरिन्ज र फ्ल्यासब्याक निडिल रहेका छन् ।

‘मल्टिकेयर प्रविधिजन्य स्वास्थ्य सामग्री उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी हो । हेटौँडामा रहेको उद्योगबाट यी सामग्रीहरु उत्पादन भइरहेका छन्,’  निर्देशक आचार्यले अगाडी थपे, ‘डेंगीको प्रकोप बढी रहेका बेला हामीले आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर यो सहयोग गरेका हौँ ।’

उनले आफ्नो उद्योगबाट विश्वस्तरको गुणस्तरीय प्रविधिजन्य स्वास्थ्य सामग्री उत्पादन सुरु भएको बताए ।

यी हुन् हस्तान्तरण भएका सामग्री सूची

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *