स्वदेशी औषधिको गुणस्तरमा किन शंका मन्त्री ज्यू ?

मेरो देशको स्वास्थ्य मन्त्रीज्यू ले आफ्नै मन्त्रालय अन्तरगतका औषधि व्यवस्था विभागले र अन्तराष्ट्रिय निकाय विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हरेक वर्ष दुई दुई पटक गर्दै आएको वैज्ञानिक तथा प्रक्रियागत कार्यहरुको वस्तुगत निरीक्षण गरी गुणस्तरको मापदण्ड भए नभएको प्रमाणिकरण गरीसके पछि मात्र कुनै पनि औषधि उद्योगलाई, औषधि बनाउन ईजाजत दिदै आएकोमा, आफैले गरेको कामको गुणस्तर प्रति शंका व्यक्त गर्नु भएको मन्तव्य पढ्दा नेपाली नागरिकको हैसियतले अत्यन्त छक्क र अदभुत लागेको छ।

यदि गुणस्तर नपुगेको कुनै औषधि उद्योग पाउनु भएमा सो उद्योगलाई स्तरोन्नती गराउन सघाउने र त्यसो गर्दा पनि नभए सो उद्योगलाई कारवाही गर्ने सम्मको अधिकार पाएको देशको औषधि सम्बन्धित सर्वोच्च निकायले नै राष्ट्रिय औषधि उद्योगलाई निरुत्साहित हुने मन्तव्यहरु प्रसारण हुनुमा मुलुकको औषधि उद्योग मात्र होईन बरु देशको सम्पूर्ण राष्ट्रिय लागानी र सम्पूर्ण राष्ट्रिय उद्योगले नै आफुहरुलाई अपहेलित र असुरक्षित महसुस गर्न थालेका छन्।

जुन कुरा मेरो देशको लागि समेत अत्यन्तै खतरनाक हुनसक्छ।

मन्त्रीज्यूको कार्यव्यस्तताले गर्दा राष्ट्रिय उद्योगहरूको संचालन प्रकृया र गुणस्तरीयता सम्बन्धी ज्ञान र सूचनाहरू पाउन समय अभाव हुनसक्छ। यदि यस्तो भएको परिस्थितिमा आफ्नै मातहतका औषधि व्यवस्था विभाग, नेपाल चिकित्सक संघ, नेपाल फार्मेसी काउन्सिल तथा औषधी उत्पादक संघ संग जानकारी लिएर मात्र यस्तो मन्तव्यहरू दिनु भए स्वास्थ्य सरोकारका हरेक पेशा र मुलुकलाई फाईदा नै हुनेछ भन्ने कुरा म मन्त्रीज्यूलाई निवेदन गर्न चाहन्छु।

(#गत सोमबारको पत्रकार सम्मेलनमा औषधिको मूल्य समायोजन र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सरकारको नीति के हो भन्ने प्रश्नमा मन्त्री बस्नेतले स्वदेशी औषधिको गुणस्तर र उत्पादन पछिको नाफाको विषयमा शंका आशंका सहितको धारणा व्यक्त गरेका थिए ।)

#स्वदेशी औषधि उत्पादकलाई स्वास्थ्य मन्त्री बस्नेतको सुझाव, ‘पहिले गुणस्तरमा जोड दिनु’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “स्वदेशी औषधिको गुणस्तरमा किन शंका मन्त्री ज्यू ?

  1. जुन देश मा यस्तो भस्टाचार को बीगबिगी छ । नाफामुलक कम्पनीहरु पुर्ण ईमानदारी साथ जनमुखी भए उत्पादन गर्यो भनेर कसरी विश्वास गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *