दुई अस्पतालमा अध्यक्ष र सदस्य पदमा दुई जना डाक्टर नियुक्ती
काठमाडौँ, २७ असार । सरकारले दुईवटा अस्पतालमा अध्यक्ष र सदस्य नियुक्त गरेको छ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मंगलबार कोशी अस्पताल विकास समितिको अध्यक्षमा डा फरवार्ड सिलवाललाई नियुक्त गरेका हुन् ।
डा सिलवाल दन्तरोग विशेषज्ञ हुन्। उनी नेपाल चिकित्सक संघ कोशीका अध्यक्ष समेत हुन् ।
यस्तै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र सञ्चालक समितिका सदस्यमा मुटुरोग विशेषज्ञ डा रवि मल्ललाई मनोनित गरिएको छ । मन्त्री बस्नेतले रिक्त रहेको एक सदस्य पदमा अस्पतालमा नै कार्यरत मुटुरोग विशेषज्ञ डा मल्ललाई सदस्यमा नियुक्त गरेको हो ।
सदस्यको पदावधी चार वर्षको हुनेछ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

