प्रसूतिगृह अस्पतालमा शिशु प्रदर्शनी हुने

काठमाडौँ, २५ असार । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ५९ औँ शिशु प्रदर्शनी हुने भएको छ । अस्पतालले सोमबार एक सूचना जारी गर्दै जन्मेदेखि १ वर्षसम्मका शिशुलाई प्रदर्शनीमा सहभागी गराउन इच्छुक अभिभावकहरुलाई आह्वान गरेको छ ।
अस्पतालले जन्मेदेखि ४५ दिनसम्म, ४६ दिनदेखि ६ महिनासम्म र ६ महिना १ दिनदेखि १ वर्षसम्म गरी छुट्टाछुट्टै तीन उमेर समूहका शिशुलाई प्रदर्शनीमा सहभागी गराउन आह्वान गरेको छ ।
प्रदर्शनीमा सहभागि गराउन चाहने अभिभावकले असार २५ गतेदेखि साउन २४ गते सम्म दरखास्त दिनुपर्ने छ। दरखास्त बिहान ९ देखि २ बजेसम्म अस्पतालको नगद काउन्टरमा दिनुपर्ने छ। दरखास्तका लागि एक सय रुपैयाँ लाग्ने छ ।
प्रदर्शनी भदौ १ गते बिहान ९ बजेदेखि हुने अस्पताले जनाएको छ।
प्रदर्शनीमा उत्कृष्ट हुने शिशुलाई भदौ २० गते (श्रीकृष्ण जन्माष्टमीका दिन) अस्पतालको वार्षिकोत्सव कार्यक्रममा पुरस्कार र प्रमाणपत्र दिइने अस्पतालले जनाएको छ ।

सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

