टोखामा दुई दिने निशुल्क आँखा शिविर, अढाई सय लाभान्वित

काठमाडौँ । टोखा नगरपालिका -१ झोरमा रहेको महाँकाल माध्यमिक विद्यालयमा गरिएको दुई दिने निशुल्क आँखा शिविरमा २४५ जना लाभान्वित भएका छन् ।

गत सोमबार र मंगलबार विद्यालय परिसरमा भएको शिबिरको आयोजना बीएम फाउन्डेशनले गरेको थियो । शिविरमा प्राविधिक सहयोग ओयुआईआईएनसी, आर्थिक सहयोग ताइवान प्रिभेन्ट ब्लाइन्डनेश फाउन्डेसन र केडीसी अस्पतालको रहेको बताइएको छ ।

दुई दिने शिविरमा विद्यार्थी, शिक्षक तथा अन्य कर्मचारीहरुको आँखा जाँच गरिएको थियो ।

शिविरमा परीक्षण गराउन आएकामध्ये ५० जनामा रिफ्रेक्टिभ इररको समस्या, १७ जनामा आँखा सुख्खा हुने समस्या देखिएको थियो ।
अरु ३० जनामा सामान्य समस्या देखिएको थियो ।

सो अवसरमा विद्यार्थी तथा शिक्षकहरुलाई डाइविटिक रेटिनोप्याथि, उच्च रक्तचापले आँखामा पार्ने असरबारेमा प्रशिक्षण समेत दिइएको थियो ।

शिविरमा नेत्र विशेषज्ञ, नेत्र सहायक सहित सहित ७ जना स्वास्थ्यकर्मी तथा कर्मचारी खटिएको केडीसी अस्पतालले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *