नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरी मनाईयो नेपाल स्वास्थ प्राविधिक संघको ४५ औँ स्थापना दिवस

काठमाडौँ, १७ असार । नेपाल स्वास्थ्य प्राविधिक संघले आफ्नो ४५ औँ स्थापना दिवसको अवसरमा शनिबार बृहत् निशुल्क आँखा तथा दन्त शिविर सञ्चालन गरेको छ । उक्त शिविरलाई महालक्ष्मी नगरपालिकाको सहयोग रहेको संघले जनाएको छ ।
महालक्ष्मी न पा वडा न ८ स्थित लुभु प्राथमिक स्वास्थ केन्द्रमा भएको उक्त शिबिरमा आँखा तर्फ १०९ र दन्त तर्फ ९५ जना गरि कुल २१४ जनाले सेवा लिएका थिए ।
सो शिविरमा नेपाल नेत्र ज्योति संघ, कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्र र संजीवनी डेन्टल होम प्रालिले प्राविधिक सहयोग रहेको संघका महासचिव श्यामकुमार ओलीले बताए ।
संघका अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महालक्ष्मी नगरका मेयर हरि गोविन्द श्रेष्ठले पञ्चायत कालमा स्थापना भएको यो संस्थालाई स्वास्थ्यका सबै संगठनको छाता संगठनको रूपमा विकास गर्नुपर्ने ,स्थापना काल देखि हालसम्मका उपलब्धि समेटेर बुकलेट निकाल्न समेत सुझाव दिए ।
कार्यक्रममा संघका सल्लाहकार तथा स्वास्थ सेवा विभाग टेकुका वरिष्ठ जन स्वास्थ प्रशासक केदार पराजुलीले यस्को इतिहास,हाल सम्म गरिएका कार्यक्रम र आगामी दिनमा संघले खेल्नुपर्ने भूमिकाको बारेमा बताएका थिए ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले संघले स्वास्थ्य क्षेत्रमा खेलेको भूमिका र भविस्यमा गर्ने कार्यको बारेमा बताएका थिए । उनले प्राविधिक संघलाई साझा पेशागत संगठन हो भन्दै यो कुनै पार्टीको भातृ संगठन नरहेकाले सबै बिचार राख्ने स्वास्थ्यकर्मी यसमा रहन सक्ने समेत जानकारी दिए ।
कार्यक्रममा सहयोग गर्नेहरुलाई प्रशंसा पत्र तथा कदर पत्रद्धारा सम्मान गरिएको थियो ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

