अस्पतालको पानी ट्याङ्कीमा बालकको शव फेला

काठमाडौँ, १६ असार। डोटीमा निर्माणाधीन अस्पतालको पानी ट्याङ्कीमा बालकको शव भेटिएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ गैराका ८ वर्षीय बालक दिपेश मलासीको शव भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार निर्माणाधीन प्रादेशिक सरुवा अस्पतालको रिजर्व ट्याङ्कीमा बालकको शव भेटिएको हो ।
शुक्रबार गाई गोरु चराउन गएका मलासी अबेरसम्म घर नफर्किएपछि उनको खोजीकार्य थालिएको थियो । खोजी गर्ने क्रममा बालकको शव अस्पतालको रिजर्व ट्याङ्कीमा भेटिएको थियो ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




