घटे बिरामी, तीन वर्षमै कम हुने संकेत

काठमाडौँ, १५ जेठ । निजी क्षेत्रका कतिपय अस्पताल तथा औषधि उत्पादक कम्पनीहरुले कोभिड – १९ को महामारीपछि अस्पताल आउने बिरामीको संख्या घटेको बताउने गरेका थिए । सरकारले सार्वजनिक गरेको तथ्यांकले उनीहरुको भनाईलाई सही सावित गरिदिएको छ ।

हो, नेपालमा स्वास्थ्य सेवा लिने बिरामीको संख्या घटेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थि सर्भेक्षण २०७९/ ८० मा स्वास्थ्य सेवाबाट लाभान्वित हुनेको संख्या अघिल्ला दुई आर्थिक वर्षको तुलनामा कम देखिएको छ । सर्भेक्षणमा प्रस्तुत विवरणलाई स्वास्थ्य मन्त्रालयको स्रोत उल्लेख गरिएको छ ।

सर्भेक्षणले अन्तरंग अर्थात भर्ना भएर उपचार सेवा ७ लाख ९३ हजार पटक लिइएको उल्लेख गरेको छ । गत वर्ष यो संख्या १४ लाख ८६ हजार थियो । अझ् अघिल्लो वर्ष १० लाख ७७ हजार थियो । यस्तै बहिरंग सेवा तर्फ यसवर्ष २ करोड ६६ लाख २६ हजार पटक सेवा लिएका थिए । अघिल्लो वर्ष त्यसरी सेवा ३ करोड ३० लाख ६३ हजार पटक लिईएको थियो । यस्तै झन् अघिल्लो वर्ष अर्थात आथिक वर्ष २०७७ ७८ मा यो संख्या २ करोड ६८ लाख ४३ हजार रहेको थियो ।

यसैगरी आकस्मिक सेवा तर्फ चालु आर्थिक वर्षमा १३ लाख ७७ हजार पटक सेवा लिइएको उल्लेख छ । जवकी गतवर्ष २९ लाख ३९ हजार र झन् अघि चाही २० लाख ८७ हजार पटक सेवा लिइएको उल्लेख छ ।

त्यसो त चालु आर्थिक वर्षको विवरण फागुन मसान्तसम्मको मात्रै उल्लेख भएकोले त्यसपछिको चार महिनाको विवरण थपिदा संख्या अवश्य बढ्छ । तर जुन दरमा फरक परेको छ, त्यसले भने बिरामीको संख्या गतवर्ष भन्दा कम हुने देखिएको छ ।

सर्वेक्षणले आर्थिक वर्ष २०७९ ८० को फागुनसम्म सरकारी र निजी स्वास्थ्य संस्थाबाट अन्तरंग बहिरंग र आकस्मिक सेवा गरी जम्मा २ करोड ८७ लाख ९६ हजार पटक सेवा प्रवाह भएको देखाएको छ । कुल सेवामध्ये बहिरंंग सेवाको अंश सबैभन्दा बढी अर्थात ९२.४ प्रतिशत रेको छ भने आकस्मिक र अन्तरंग सेवाको अंश क्रमश ४.८ प्रतिशत र २.८ प्रतिशत रहेको छ ।

यस्तै विपन्न नागरिक औषधि उपचार अन्तरगर्त विभिन्न ८ प्रकारका रोग विरुद्ध स्वास्थ्य सेवा उपलव्ध गराउँदे आएकोमा चालु आर्थिक बर्षको फागुन मसान्तसम्म कुल ३२ हजार २४७ जना सेवा पाएको उल्लेख छ । गत आर्थिक वर्षमा कुल ३५ हजार ९६५ जनाले सेवा पाएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *