सरकारी चिकित्सक संघ नेपाल (गोदान)मा नयाँ कार्यसमिति, अध्यक्षमा डा. समाज गौतम निर्वाचित

काठमाडौं, १४ जेठ । सरकारी चिकित्सक संघ नेपाल (गोदान)को अध्यक्षमा डा समाज गौतम विजयी भएका छन्। आइतबार भएको निर्वाचनमा डा गौतमले डा ऋषिकान्त अर्याललाई पराजित गर्दै जित हासिल गरेका हुन्।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा डा क्षितिज सापकोटा, उपाध्यक्षमा विप्लव घिमिरे, महासचिवमा विजय वावु, सचिवमा डा विप्लव सापकोटा र कोषाध्यक्षमा डा राकेश मिश्र निर्वाचित भएका छन्।

यस्तै, सदस्यहरु डा सुरेश महर्जन, डा विराट शर्मा, डा सचिन यादव, डा कपिल गौतम, डा रोशन ग्वाछा, डा अमृत पन्थी, डा प्रकाश ढकाल, डा कुसल खनाल र डा देवराज कंडेल निर्वाचित भएका छन्।

यसअघि गोदानको अध्यक्ष डा रविन खड्का थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *