सरकारी चिकित्सक संघ नेपाल (गोदान)मा नयाँ कार्यसमिति, अध्यक्षमा डा. समाज गौतम निर्वाचित

काठमाडौं, १४ जेठ । सरकारी चिकित्सक संघ नेपाल (गोदान)को अध्यक्षमा डा समाज गौतम विजयी भएका छन्। आइतबार भएको निर्वाचनमा डा गौतमले डा ऋषिकान्त अर्याललाई पराजित गर्दै जित हासिल गरेका हुन्।
यसैगरी, वरिष्ठ उपाध्यक्षमा डा क्षितिज सापकोटा, उपाध्यक्षमा विप्लव घिमिरे, महासचिवमा विजय वावु, सचिवमा डा विप्लव सापकोटा र कोषाध्यक्षमा डा राकेश मिश्र निर्वाचित भएका छन्।
यस्तै, सदस्यहरु डा सुरेश महर्जन, डा विराट शर्मा, डा सचिन यादव, डा कपिल गौतम, डा रोशन ग्वाछा, डा अमृत पन्थी, डा प्रकाश ढकाल, डा कुसल खनाल र डा देवराज कंडेल निर्वाचित भएका छन्।
यसअघि गोदानको अध्यक्ष डा रविन खड्का थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



