प्रदेशको नाम फेर्न गरिएको आन्दोलन : कोशीको स्वास्थ्य मन्त्रालय तोडफोड (फोटो फिचर)

मन्त्रीको कार्यकक्षको झ्याल फुटाइयो, निर्देशकको गाडीमा पनि क्षति

काठमाडौँ, १४ जेठ । व्रदेश नं १ को नाम कोशी राखिएको विरोधमा आन्दोलनतर पक्ष र प्रहरीबीच आज भएको झडपको मारमा भने त्यहाँको स्वास्थ्य मन्त्रालय परेको छ । मध्यान्न देखि उग्र हुँदै गएको आन्दोलनले हिंसात्मक रुप लिँदा स्वास्थ्य मन्त्रालयमा तोडफोड भएको छ ।

स्वास्थय सचिव डा सुधा देवकोटाले आज मध्यान्न पछि मन्त्रालय र त्यस वरपरका क्षेत्र अशान्त भएको बताईन् । जुलुसलाई अघि बढ्न खोज्ने आन्दोलनकारी र रोक्न खोज्ने पुलिसबीच देवकोटा चोकमा झडप भएपछि त्यसले उग्र रुप लिएको हो ।

सुरुको आधा घण्टा पैतालिस मिनेट जति अस्रु ग्यास हानियो । प्रहरीले आन्दोलनकारीतिर फ्याकेको अस्रु ग्याँस आन्दोलनकारीले टिपेर उनीहरु तिर र स्वास्थय मन्त्रालयमा फ्याकिदिएका थिए । त्यसले मन्त्रालय भित्र काम गर्ने कर्मचारीलाई समेत असर परेको थियो । दिउसो करीव साढे १ बजे देखि भने आन्दोलनकारीहरुले प्रहरीलाई पछाडी धकेली तोडफोडमा उत्रिएका थिए ।

‘स्वास्थ्य मन्त्रालय भवनको झ्यालको सिसाहरु सबै फुटेका छन् । पार्किङ गरेर राखेको गाँडी माथि तोडफोड गरिएको छ । मोटरसाइकलहरु माथि पनि तोडफोड भएको छ । साह्रै नै डरलाग्दो अवस्था बन्यो,’ सचिव डा देवकोटाले भनिन् । ‘हामी स्टाफहरु माथिल्लो तल्लाको कुनामा गएर सबै ढोका लगाएर बस्यौँ र ज्यान जोगायौँ । घटनाको बेलामा स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बू पनि कार्यकक्षमै थिईन् ।’

करीब एक घण्टा पछि प्रहरीले आन्दोलनकारीलाई तितरबितर पारेपछि मात्रै उनी त्यहाँबाट निस्केर संसद भवन पुगेकी हुन् ।

न्त्री लिम्बूले संसदमा पुगेरआफू राज्य पक्ष र आन्दोलनकारी पक्ष दुबैको निसानामा परेको बताईन् ।

‘म पहिचान सहितको नाम होस भन्ने व्यक्ति सरकारले विरोधी भनेर निसाना साधेको छ । यता सरकारको मन्त्री भनेर आन्दोलनकारीले टार्गेट गरेका छन् । म दोहोरो चेपुवामा परेँ,’ उनले भनिन् ।

उनले आन्दोलनकारीलाई मन्त्रालयको नजिकसम्म आउन दिने स्थानीय प्रशासनको नीतिले आजको घटना भएको उनको तर्क थियो ।

हेर्नुहोस् कति भयो क्षति ?

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *