विवादमा परेकी गिभिना मगरले नर्सहरुसंग माफी मागिन्, भनिन् ‘म बाट भुल भयो’

काठमाडौँ, ११ जेठ । चितवनस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा नर्सहरुसँग भएको विवादमा परेकी मुख्य पात्र गिभिना मगरले माफी मागेकी छन् । विवादको भिडियो सामाजिक सञ्जालमा राखेपछि चर्चामा आएकी मगरले बुधबार साँझ नर्सहरुसँग माफि मागेकी छिन्।

उनले नर्सहरुसंग माफी माग्ने क्रममा आफूबाट भुल भएको बताएकी छिन्। उनले नर्सहरुलाई सम्मान गर्न र नकारात्म कमेन्ट नगर्न पनि आफ्ना फलोअर्स समक्षआग्रह गरेकी छिन्।

गत वैशाख २८ गते एक बालिकालाई लिएर औषधिका लागि गिभिना अस्पतालमा पुगेकी थिइन्। सो क्रममा गिभिनाले २ बजे लगाउनु पर्ने औषधि किन ४ बजे भनेर प्रश्न सोधेकी थिइन्।

नर्सहरुले उनको प्रश्नपछि अघिल्लो दिन ४ बजे लगाइएका कारण २४ घण्टाको फरकमा लगाउनु पर्ने औषधि सोही समयमा लगाउनु पर्ने बताएका थिए। त्यसपछि गिभिनाले कागजमा २ बजे लेखिएको भन्दै थप कुराकानी गरेकी थिइन्।

सो क्रममा दुवै पक्षबीच केही चर्काचर्की भएको थियो। गिभिनाले उक्त विषयको भिडियो खिचेर सामाजिक सञ्जालमा राखेपछि विवाद झन् चर्किएको थियो। त्यसपछि नर्सहरु आन्दोलनमा उत्रेका थिए।

उक्त विषयमा गिभिनाले बुधबार स्पष्ट पार्दै आफूबाट गल्ती भएको भन्दै माफी मागेकी हुन्।

उनले माफी माग्दाका व्यक्त शव्दहरु

जुन घटना नघट्नु थियो त्यो घटनाले हामी सबैलाई दुखी बनाएको छ। सबैलाई दुखी बनाउने मेरो उद्देश्य पनि थिएन। म एउटा सामान्य परिवारको छोरी हो। यहाँ अर्चना बुनुलाई नयाँ जीवन दिन्छु भन्ने सोच लिएर आएको थिएँ। तर त्यहाँ मैले नसोचेको घटना घट्यो जुन हुन हुँदैन थियो। भरतपुर क्यान्सर अस्पतालमा उपचार हुँदै गर्दा यो घटना घटेको थियो।

त्यहाँ म्याम र मेरो समस्या उब्जेको थियो। त्यहा मिसअन्डरस्ट्यान्डिङ भएको थियो । म पनि भावनामा डुबेर यो औषधि दिने क्रममा टाइमको फरक पर्‍यो भन्ने कुरालाई लिएर हाम्रो समस्या उत्पन्न भएको थियो। सबैकुरा मलाई जानकारी नभएको कारणले गर्दा मैले एउटा बिरामीलाई असर पर्ला भन्ने सोचेर त्यो टाइम किन फरक भयो भनेर प्रश्न गरेको थिएँ। त्यही कारणले गर्दा यो समस्या निम्तिएको थियो।

यसको लागि सायद मान्छेबाटै भुल हुन्छ त्यसै कारणले गर्दा मेरो पनि भुल भएको छ। त्यही भुलले गर्दा धेरै जना जो नर्सिङ पेसामा आवद्ध हुनुभएका नर्सहरुलाई धेरै समस्या आएको छ। त्यो मेरो उद्देश्य र चाहना थिएन। मैले नानुलाई बचाउछु भनेर मात्र आएको थिएँ। तर एक्कासी थाहै नपाइ यो घटना घट्न पुग्यो ।

यसबाट सम्पूर्ण जतिपनि नर्सिङ पेसामा आवद्ध हुनुहुन्छ उहाँहरुको चरित्र हत्या भएको छ। तथानाम गाली पनि गरिएको छ। जुन कुराले नर्सिङ पेसामा आवद्ध हुनुभएको धेरै जनालाई चोट पुगेको छ। यो मैले चाहेको थिएन। म आफैं पनि फ्लोरेन्स नाइटिङगेलबाट प्रभावित भएर समाजसेवामा रहेको थिएँ। म आफैंलाई पनि नर्सिङ पेसामा आवद्ध हुन मन थियो। तर मेरो आर्थिक अभावले गर्दा त्यो समय मैले पढ्न नपाएको पेसा हो। मलाई नर्सिङ पेसा असाध्यै मन पर्छ।

तर अहिले मेरो अन्जानमा भएको भुलले गर्दा सम्पूर्ण नर्सिङ पेसामा आवद्ध भएका नर्सहरुलाई समस्याआएको कारणले गर्दा उहाँहरुको काम छ पेसा छ त्यसमा प्रश्न आएको कारणले गर्दा सबैलाई दुखी बनाएको छ।

आगामी दिनमा यो दुख भोग्न नपरोस् उहाँहरुले गरिरहेको पेसामा प्रश्न नउठोस्। कहिलेपनि यो समस्या सिजर्ना नहोस्।

मान्छेलाई जन्मदिने बचाउने, भनवान् पछिको डाक्टर नर्स हुनुहुन्छ। त्यसैले कसैले पनि डाक्टर नर्सलाई नकारात्मक रुपमा नलिदिनु होला। हामीलाई गाह्रो भयो भने बिरामी पर्‍यो भने हामी जाने भनेको हस्पिटल नै हो। त्यसैले मेरो उद्देश्य भनेको उहाँहरुलाई नराम्रो भन्ने नराम्रो बनाउने थिएन। तर परिस्थितिले यो मोड लियो। जुन गल्ती म बाट भयो आगमी दिनमा मबाट यस्तो गल्ती हुनेछैन।

फेरि पनि म सबैजनालाई दुईहात जोडेर अनुरोध गर्छु जुन उहाँहरुको पेसामा तथानाम गालीहरु भएको छ। विभिन्न खालको प्रश्न उठेको छ यो कसैले नगरिदिनुहोला। मेरो आफ्नो भुलको कारणले उहाँहरुलाई यस्तो समस्या आएकाले म आफैं दुखी भएको छु। कसैलाई दुख दिनु कसैको मनमा चोट पुर्‍याउनु भनेको एक प्रकारको पाप नै हो। त्यसैले म बाट यस्तो खालको पाप नहोस् र तपाईहरुबाट पनि यस्तो खालको पाप नहोस्। मैले जतिजनाको मन दुखाएको छु। नर्सिङ पेसामा जतिपनि आवद्ध हुनुहन्छ। जसको पेसामा दाग लाग्ने काम भएको छ। यसको लागि म क्षमा माग्दै यहाँहरु सबैलाई म अनुरोध गर्छु नर्सिङ पेसालाई सम्मान गर्नुस्।

भरतपुर क्यान्सर अस्पताल पहिला देखि नै सुन्दै आएको हो। असाध्यै राम्रो हस्पिटल। जहाँनेर धेरैजना बिरामी त्यहाँ गयो भने सन्चो हुन्छ भनेर आउनुहुन्छ। मेरो जतिपनि फलोअर्स हुनुहुन्छ हजुरहरुले जथाभावी अनैतिक खालको कमेन्ट नगरिदिनुहोला र उहाँहरुको पनि आफ्नो सम्मान इज्जत छ। डाक्टर नर्स हामी बिरामीलाई चाहिन्छ। डाक्टर नर्सलाई पनि बिरामी चाहिन्छ त्यसैले हामी सबै एकअर्काको परिपुरक हौ। त्यसैले कसैलाई नराम्रो नभनिदिनु होला।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *