एचआईभी संक्रमितलाई विभेद नगर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

68
Shares

काठमाडौँ, २२ वैशाख । राष्ट्रिय मानव अधिकार आयोगले एचआईभी एड्स संक्रमितलाई विभेद नगर्न आग्रह गरेको छ।

बिहीवार काठमाडौँमा आयोजित एचआईभी एड्स संक्रमितहरुको मानव अधिकारको सम्बन्धमा आयोजित कार्यशाला गोष्ठिमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले एचआईभी एड्स संक्रमितलाई विभेदपूर्ण व्यवहार नगर्न आग्रह गरेका हुन्।

उनले आयोगले विभिन्न क्षेत्रमा गरेको अध्ययन अनुसार एचआईभी संक्रमितहरुले सरकारी तथा सार्वजनिक निकायहरुमार्फत विभेद भोगिरहेका पाइएको बताए। उनले विभेदमा परेकाहरुले प्रहरीमा उजुरी गर्न आग्रह पनि गरे। प्रहरीले नहेरेको खण्डमा मानव अधिकार आयोगमा उजुरी गर्न पनि उनले आग्रह गरे।

उनले एचआईभी संक्रमितलाई परिवार, समुदाय र विद्यालयहरुमा मात्रै नभई राजनीतिक क्षेत्रमा पनि विभेद हुने गरेको उल्लेख गरे।

त्यसैगरी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले कसैले भेदभाव गरेको भए पीडितलाई प्रहरीकहाँ उजुरी गर्न आग्रह गरे। उजुरी उपर कठोरताका साथ कारबाही गरिने उनले बताए।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *