राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार, आज डिस्चार्ज भएर स्वदेश फर्किँदै

80
Shares

काठमाडौैँ, १७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएपछि आज स्वदेश फर्किँने भएका छन्।

भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स एम्समा ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आज डिस्चार्ज भएर स्वदेश फर्किन लागेका हुन् ।

आइतबार राति ८ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट राष्ट्रपति पौडेल स्वदेश फर्किन लागेको उनको सचिवालयले जनाएको छ।

छातीको इन्फेक्सनका कारण शिक्षण अस्पतालमा भर्ना भई लगातार एन्टिबायोटिक चलाउँदा पनि प्रभावकारी नभएपछि चिकित्सकहरूको सुझावअनुसार उनलाई गत वैशाख ६ गते थप उपचारका लागि भारत लगिएको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *