पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो ५९ नर्स सहित १३५ जना कर्मचारी

168
Shares

काठमाडौं, १५ वैशाख । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ठूलो संख्यामा कर्मचारी माग गरेको छ।

प्रतिष्ठानले आज एक सूचना प्रकाशित गर्दै सबै पदमा गरी १३५ जना कर्मचारी माग गरेको छ। जसमध्ये सबैभन्दा धेरै ५९ जना स्टाफ नर्स माग गरेको छ । जसमा खुलातर्फ ३२ र समावेशीतर्फ २७ पदका लागि आवेदन खोलिएको छ।

त्यस्तै प्राध्यापक २, सहप्राध्यापक ३६ र ५ जना लेक्चर माग गरिएको छ। नर्सिङ सुपर भाइजर, अधिकृत, ल्याब टेक्निसियन लगायत अन्य विभिन्न पदमा गरी ३२ जना कर्मचारी मागिएको छ।

खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले जेठ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर भुक्तानी गरी जेठ ११ गते सम्ममा अनलाइन दरखास्त दिन सकिने छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *