प्रदूषित सहरको सूचीमा काठमाडौँ विश्वकै चौथो स्थानमा

100
Shares


काठमाडौँ, ३ वैशाख । पछिल्लो एक सातायता नेपालको वायु अस्वस्थकर बन्दै गएको एअर क्वालिटी इन्डेक्स (एक्यूआइ) ले देखाएको छ ।

हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले नेपालको काठमाडौंलाई विश्वकै प्रदुषित सहरको सूचीको चौथो स्थानमा राखेको छ ।

एक्युआई १५० भन्दा माथि भएमा अस्वस्थकर मानिन्छ । एक्युआई ३०० भन्दा बढी हुनु निकै घातक हुन्छ र यो अवस्थामा विपद घोषणा गरिनुपर्छ ।

काठमाडौं संसारकै प्रदूषित सहरको सूचीमा चौथो स्थानमा रहेको छ । काठमाडौंको एक्यूआइ अहिले १८५ छ ।

आइतबार सूचीको पहिलो स्थानमा थाइल्याण्डको च्याङमाइ सहर रहेको छ । यस्तै दोस्रो स्थानमा बंगलादेशको ढाका, तेस्रो स्थानमा भारतको दिल्ली र पाँचौ नम्बरमा थाइल्याण्डको बैंकक रहेको छ ।

देशभर डढेलोको कारण वायु प्रदुषण बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जनस्वास्थ्यविद्हरुले यो मौसमले श्वासप्रश्वास प्रणालीमा गम्भीर असर पार्ने भएकाले मर्निङ वाक नगर्न र मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *