थप १३६ जनामा कोरोना संक्रमण, ४०१ सक्रिय संक्रमित

76
Shares


काठमाडौँ, १ वैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप १ हजार ४२४ जनाको नमुना परीक्षण गर्दा १ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमणमुक्त भई थप ६८ जना डिस्चार्ज भएका छन् । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

त्यस्तै, देशभर ४ सय १ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौँ उपत्यकामा रहेका कोरोना संक्रमित बिरामीहरु मध्ये ३२ जना संस्थागत आईसोलेसनमा, ११ जना आइसीयुमा र ३ जना भेन्टीलेटरमा उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *