थप १०६ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

144
Shares

काठमाडौँ, २८ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ४७६ जनाको पीसीआर र १ हजार ९६० जनाको एन्टीजेन गरी २ हजार ४३६ जनाको नमुना परीक्षण गर्दा १ सय ६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमणमुक्त भई थप ४८ जना डिस्चार्ज भएका छन् । भने  ३ महिनापछि एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । यसअघि कोरोना संक्रमणबाट गत  पुस २३ मा एक जनाको मृत्यु भएको थियो ।

त्यस्तै, देशभर ४ सय ६९ जना सक्रिय संक्रमित रहेका छन् ।  काठमाडौँ उपत्यकामा रहेका कोरोना संक्रमित बिरामीहरु मध्ये  २४ जना संस्थागत आईसोलेसनमा, १३ जना आइसीयुमा र ५ जना भेन्टीलेटरमा उपचाररत रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *