थप १०६ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौँ, २८ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ४७६ जनाको पीसीआर र १ हजार ९६० जनाको एन्टीजेन गरी २ हजार ४३६ जनाको नमुना परीक्षण गर्दा १ सय ६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज संक्रमणमुक्त भई थप ४८ जना डिस्चार्ज भएका छन् । भने ३ महिनापछि एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । यसअघि कोरोना संक्रमणबाट गत पुस २३ मा एक जनाको मृत्यु भएको थियो ।
त्यस्तै, देशभर ४ सय ६९ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौँ उपत्यकामा रहेका कोरोना संक्रमित बिरामीहरु मध्ये २४ जना संस्थागत आईसोलेसनमा, १३ जना आइसीयुमा र ५ जना भेन्टीलेटरमा उपचाररत रहेका छन् ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

