‘नसर्ने रोग र मानसिक स्वास्थ्य विषयमा परिषद्ले सहयोग गरोस्’

84
Shares

काठमाडौँ, २८ चैत ।  स्वास्थ्य सचिव डा रोशन पोखरेलले अबको अनुसन्धान नसर्ने रोग र मानसिक स्वास्थ्यको विषयमा केन्द्रीत हुनुपर्ने बताएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा आज देखि सुरु भएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौँ शिखर सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

सचिव डा पोखरेलले परिषद्को अगुवाईमा कोभिडका बेला भएका अनुसन्धानले कोभिड नियन्त्रणका लागि चालेका कदमलाई सही दिशा दिन सकेको भन्दै अब भयावह रुपमा बढ्दै गएको नसर्ने रोग र मानसिक स्वास्थ्यमा केन्द्रीत हुनु पर्ने बताए ।

उनले परिषद्ले गर्ने अनुसन्धानबाट स्वास्थ्यका नीति बनाउन सजिलो भएको समेत बताए ।

एक प्रशंगमा उनले अब परिषद्लाई प्रदेश तहसम्म विस्तार गर्दै लैजाने तयारी भएको समेत बताए । स्वास्थ्य नीति बनाउन अनुसन्धानको जरुरी रहेको भन्दै यसको गुणात्मकतामा ध्यान दिन समेत आग्रह गरे ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *