स्वास्थ्य सम्वन्धी कार्यक्रम ‘द यति शो’ को सयौँ श्रृङ्खला पुरा

104
Shares

काठमाडौँ, २४ चैत । फेमिली हेल्थ नेपालद्धारा सञ्चालित स्वास्थ्य सम्बन्धी कार्यक्रम ‘द यति शो’ ले सयौं श्रृङ्खला पुरा गरेको छ । सो कार्यक्रमले बिहीबार सयौँ श्रृङ्खला पुरा गरेको हो ।

स्वास्थ्यका विभिन्न विषय तथा मुद्धालाई उठान गर्ने उदेश्यका साथ फेमिली हेल्थ नेपालले दुई वर्ष अघि युट्यबमार्फत ‘द यति शो’ कार्यक्रम सञ्चालनमा ल्याएको थियो । यो कार्यक्रम त्यस यता हरेक हप्ता प्रशारण हुँदै आइरहेको छ ।

सयौँ श्रृङ्खला पुरा गरेको अवसरमा बिहीबार आयोजित विशेष समारोहमा फेमिली हेल्थ नेपालका अध्यक्ष एवं वरिष्ठ न्यूरो सर्जन डा वसन्त पन्तले स्वास्थ्यका मिडियाको विकास भइरहेको सन्दर्भमा स्वास्थ्यका मुद्धालाई उठान गर्न सहयोग पुर्‍याउने उद्धेश्यले उक्त कार्यक्रमको परिकल्पना गरिएको बताए । उनले यस कार्यक्रमले जनतालाई सही र तथ्यपरक सूचना पुग्ने विश्वास व्यक्त गरे ।

डा पन्तले भने, ‘हामीले दुईवर्ष अघि कार्यक्रम सुरु गर्ने योजना बनाउँदै गर्दा यस कार्यक्रमको प्रभाव यति सकारात्मक होला भन्ने सोचेका थिएनौँ तर यो साच्चिकै राम्रो भएर आयो । दुर दराजका जनताले रोगका बारेमा विज्ञसंग गरिने सरल र बुझिने भाषामा जानकारी लिन पायो ।’

उनले अब नीतिगत मुद्धा र बिरामीको अनुभव पनि समेटेर पनि कार्यक्रम गरिने बताए ।

कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा।प्रदीप पौडेलले यो कार्यक्रम पनि प्रमाणका आधारमा अभ्यास गर्नपर्ने र यसका लागि अनुसन्धान आवश्यक पर्ने बताए । उहाँले यति शो कार्यक्रमबाट धेरै जनता सुसूचित भएको भन्दै यसलाई अझ परिस्कृत रुपमा फैलाउँदै लैजान सुझाव दिए ।

कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा।भक्तबहादुर केसीले आम नागरिकलाई स्वास्थ्यसँग जोडिएका विषयलाई सु(सूचित गराउन सक्यौ भने उपचारमा खर्च नहुने र यो कामलाई याति शो कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

शो कार्यक्रमको सञ्चालिका डा. जया सत्यालले अहिले विशेषज्ञहरुलाई सहभागी गराई रोगहरुको बारेमा केन्द्रित भएकोमा अब नीतिगत विषयलाई समावेश गरिने बताइन् ।

कार्यक्रममा द यति शो को कार्यक्रम सञ्चालिका डा सत्याल, डा शम्भु टोलेन, सुनिता अधिकारी, रोजिन बज्राचार्यलाई सम्मान गरिएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *