स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौँ शिखर सम्मेलन २८ र २९ चैतमा हुने

136
Shares

काठमाडौँ, २१ चैत ।  स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौ राष्ट्रिय शिखर सम्मेलन आगामी २८ र २९ चैतका दिन काठमाडौँमा हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा हुने उक्त सम्मेलनको नारा ‘स्वास्थ्यका लागि अनुसन्धान कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ भन्ने तय गरिएको छ ।

सम्मेलनबारे जानकारी दिन आइतबार मंगलबार आयोजित पत्रकार सम्मेलनमा परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले राज्यको स्वास्थ्य नीति तथा योजनाका लागि सहयोग गर्न तथा सुझाव दिनका लागि हरेक वर्ष शिखर सम्मेलन आयोजना गर्दै आइरहेको बताए ।

‘नेपालका विभिन्न स्थानमा रहेका स्वास्थ्य अनुसन्धानकर्ताहरु, जनसंख्याविदहरु तथा नीति निर्माणकर्ताहरुलाई सम्लग्न गराईँ, उनीहरुको विज्ञताको उच्च सम्मान गर्दै तथ्यमा आधारित नीति निर्माण गर्न तथा दिनप्रतिदिन बढ्दै गएका जनस्वास्थ्यका मुद्धाहरुको अन्तरविषयात्मक अनुस्न्धान सम्वोधन गर्न मार्ग निर्देशन गर्नु अर्को उदेश्य हो,’ डा ज्ञवालीले भने ।

यसपटक सम्मेलनमा १५० वटा कार्यपत्र प्रस्तुतिकरण हुने बताइएको छ । यस्तै एक दर्जन बढी व्यक्तित्वलाई आमन्त्रित विज्ञको रुपमा प्रस्तुतिका लागि निमन्त्रणा गरिएको समेत परिषद्ले जनाएको छ । सम्मेलनका लागि दुईवटा प्लेनरी सेसन र नौ वटा प्यारालाल सेसन रहने बताइएको छ ।

सम्मेलनलाई पारदर्शी तथा जवाफदेही बनाउनका लागि विभिन्न समितिहरु, एडभाइजरी कमिटि, स्टेरिङ कमिटि, स्यान्टेफिक कमिटि, अर्गनाइजिङ कमिटि तथा अवार्ड छनौटका लागि उप समितिहरु बनाइएको समेत सो अवसरमा जानकारी लिईयो ।

परिषदका प्रमुख अनुसन्धानकर्ता डा मेघनाथ धिमालले सम्मेलनका लागि जनस्वास्थ्यसंग सम्वन्धीत २०१ वटा अनुसन्धानका एब्स्ट्राक प्राप्त भएको र त्यसमध्ये १३७ वटा मौखिक र ६४ वटा पोस्टर प्रस्तुति रहने बताए ।

सम्मेलनमा उत्कृष्ठ प्रस्तुतिकरण गर्नेमध्येबाट एक एक जनालाई अवार्ड वितरण गरिने छ । स्वास्थ्य अनुसन्धान पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा अनुसन्धानकर्ता पुरस्कार, स्वास्थ्य अनुसन्धान तथा कृति प्रकाशित गरी ६० वर्ष उमेर पुगिसकेको एक जना अनुसन्धानकर्तालाई लाइफटाइम एचिभमेन्ट पुरस्कारबाट सम्मान गरिने बताइएको छ । साथै वर्ष भरि उत्कृष्ठ काम गर्ने एक जना स्थायी कर्मचारीलाई बेष्ट परफरमेन्स अवार्ड पनि प्रदान गरिने बताइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *