सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गर्न एक्सनमा उत्रिदै भरतपुर अस्पताल

सेवन गर्नेलाई १ हजार रुपैयाँ, विक्री गर्नेलाई ५ हजार रुपैयाँ जरिवाना
68
Shares

चितवन, १६ चैत । आफ्नो परिसर भित्र चुरोट, गुट्खा, पराग लगायतका सुर्तीजन्य पदार्थ सेवन गर्ने क्रम नरोकिएपछि भरतपुर अस्पताल त्यसविरुद्ध एक्सनमा उत्रिएको छ ।

अस्पतालले बुधबार सूचना प्रकाशित गर्र्दै परिसर भित्र चुरोट, गुट्खा, पराग लगायतका सुर्तीजन्य पदार्थ सेवन तथा विक्री वितरण गरेको पाईए एक हजार रुपैयाँ देखि पाँच हजार रुपैयाँसम्म जरिवाना गर्ने जनाएको छ ।

सूचनामा अस्पताल भित्रै सेवन गरेको पाइए उक्त व्यक्तिलाई एक हजार रुपैयाँ जरिवाना गरिनेछ । यस्तै विक्री बितरण गरेको पाइए त्यस्ता व्यक्तिललाई पाँच हजार रुपैयाँ जरिवाना गरिनेछ ।

त्यसो त सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्वन्धी ऐन २०६८ ले अस्पताल परिसर भित्र होइन त्यसको १०० मिटर वरपर सुर्तीजन्य पदार्थको सेवन तथा विक्री वितरण निषेध गरेको छ । सो ऐनको दफा ११ (३)ले अस्पताल सहित शिक्षण संस्था, बाल कल्याण गृह, अनाथालय लगयातका सार्वजनिक स्थलको १०० मिटर वरपर सुर्तीजन्य पदार्थको विक्री बितरण गरेको पाइए १० हजार रुपैयाँ सम्म जरिवाना गर्न सक्ने भनेको छ ।

नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगलाई रोक्न सरकारले कडा कानून बनाए पनि राम्ररी कार्यान्वयन हुन भने सकेको छैन् ।
नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट बार्षिक रुपमा २७ हजार बढी व्यक्तिको मृत्यु हुने गरेको तथ्यांक छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *