बरिष्ठलाई पाखा लगाएर कनिष्ठ बढुवा गरेको भन्दै भरतपुर क्यान्सर अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

चितवन, १३ चैत । बरिष्ठलाई पाखा लगाएर कनिष्ठलाई बढुवा सिफारिस गरेको भन्दै भरतपुरस्थित वीपी कोइराला मेमोरीयल क्यान्सर अस्पतालका कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले सो बढुवा सिफारिस खारेजीको माग गरेका छन् ।

कर्मचारीले बरिष्ठतम कर्मचारीहरुको कार्य सम्पादन मूल्याकंन समेत हराईदिएको दावि गरेका छन् । उनीहरुले केही निश्चित बरिष्ठतम कर्मचारीहरुलाई बढुवाबाट बन्चित गर्ने योजनाका साथ अस्पताल प्रशासनले चलखेलका आधारमा बढुवा प्रक्रिया टुंग्याएको आरोप लगाएका छन् ।

यता अस्पतालका निर्देशक डा डेजकुमार गौतमले कर्मचारी बढुवा प्रक्रियाकै आधारमा सम्पन्न भएको भन्दै आन्दोलनको औचित्य नभएको ठोकुवा गरेका छन् । उनले कासमू हराईदिएको भन्ने कुरामा समेत सत्यता नरहेको बताएका छन् ।

यसैबीच राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल भरतपुरले कर्मचारी बढुवाको लागि लिइएको विज्ञापनको प्रकासित नतिजा सिफारिसप्रति विरोध जनाएको छ ।

महासंघको विशेष जिल्ला कमिटि वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका अध्यक्ष डा सञ्जय पौडेललेआज एक विज्ञप्ती जारी गर्दै बढुवाको नतिजा प्रति विरोध जनाएका हुन् । उनले कर्मचारीको आन्दोलनप्रति महासंघको ऐकेवद्धता रहेको जनाउँदै अस्पताल व्यवस्थापन पक्षलाई समस्या समाधान गर्न माग गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *