राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको तेस्रो पूर्ण बैठक तथा कार्यशाला सम्पन्न

520
Shares

काठमाडौँ, ११ चैत । नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको शुक्रबार देखि काठमाडौँमा जारी केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक तथा कार्यशाला सम्पन्न भएको छ । महासंघका अध्यक्ष डा झलक गौतमको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषयमा छलफल गर्दै निर्णय गरेको छ ।

एमाले महासचिव शंकर पोखरेल, सचिव तथा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख तथा महासंघका इन्चार्ज योगेश भट्टराई, जनसंगठन समन्वय संयन्त्र संयोजक भानुभक्त ढकालको उपस्थितिमा भएको पहिलो दिनको बैठकमा सहभागीहरुलाई पेशागत ट्रेड आन्दोलन ,जन संगठन पेसागत निर्माण परिचालन र पार्टीसङ्गको सम्बन्ध ,संगठन शुद्धीकरण र बिस्तार, समसामयिक परिस्थिति र जनताको बहुदलीय जनवाद सम्बन्धि विषयमा प्रशिक्षण गरिएको थियो ।

यस्तै बैठकको दोस्रो दिन आज प्रचार तथा प्रसार विभागले प्रकाशन गरेको स्वास्थ्य संगम तथा क्यालेन्डर को लोकार्पण गरिएको छ ।

यसैबीच कार्यक्रममा महासंघले भर्खरै सम्पन्न स्वतन्त्र विधार्थी यूनियनको चुनावमा बहुमतको साथ विजयी भएका त्रिभुवन विश्वविद्यालय अन्तरगर्तको मेडिकल कलेज तथा नर्सिङ कलेज महाराजगञ्जका अनेरास्ववियू प्यानलका विधार्थीहरुलाई बधाई तथा शुभकामना दिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *