भारतमा कोरोना संक्रमण बढ्न थाल्यो

एजेन्सी । भारतमा पुन: कोरोना संक्रमण बढ्न थालेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार दैनिक संक्रमण दर १.३३ प्रतिशत पुगेको छ । वितेको चौविस घण्टामा देशभर १ हजार ५९० जना कोरोना संक्रमित थपिएका छन् । जो पछिल्लो १४६ दिन यताकै बढी हो ।

यो संगै देशमा सक्रीय संक्रमितको संख्या ८ हजार ६०१ पुगेको छ ।

संक्रमण बढ्दै जाँदा त्यहाँको स्वास्थ्य मन्त्रालयले कोरोना सम्वन्धी विशेष आदेश जारी गरेको छ । उसले बृद्धबृद्धा तथा दीर्घ रोगीहरुलाई भीडभाडमा जान नदिने, सामाजिक दुरी कायम गर्ने, मास्क अनिवार्य लगाउने , नियमित रुपमा सावुन पानीले हात धुने भनेको छ ।

मन्त्रालयले अस्पतालहरुलाई तयारी अवस्थामा रहन, औषधि, अक्सिजन, आइसीयू तथा जनरल बेड तयारी अवस्थामा राख्न भनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *