बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले दिए राजीनामा

काठमाडौँ, १० चैत । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले राजीनामा दिएका छन् । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री श्रेष्ठसहित चार जना मन्त्रीले आज राजीनामा दिएका हुन्।

प्रदेशसभाको आजको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा (एमाले)का तर्फबाट मन्त्री बनेकाा ४ जना मन्त्रीहरुले राजीनामा दिएको घोषणा गरेका छन् ।

नेकपा (एमाले) बाट स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ , श्रम रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठ र कृषि तथा पशुपन्छी विकासमन्त्री केशवप्रसाद पोखरेल सरकारमा सहभागी थिए।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले भने दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबारको प्रदेशसभा बैठकबाट उनलाई विश्वासको मत प्राप्त भएको हो ।

शुक्रबार प्रदेशसभामा ९१ जना सांसदहरू उपस्थित रहँदा मुख्‍यमन्त्री जम्मकट्टेलको पक्षमा ६७ र विपक्षमा १७ मत परेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *