‘निक साइमन्स अवार्ड २०२२’ हेमन्त सुन्दासलाई

184
Shares

काठमाडौँ, ९ चैत । मानेडाँडा आधारभूत अस्पताल भोजपुरका प्रमुख हेमन्त सुन्दासलाई ‘निक साइमन्स अवार्ड २०२२’  प्रदान गरिएको छ । ग्रामीण स्वास्थ्य सेवामा उत्कृष्ट योगदान पुर्‍याएबापत सुन्दासलाई सो अवार्ड प्रदान गरिएको हो ।

काठमाडौँमा बुधबार देखि सुरु भएको ग्रामीण स्वास्थकर्मीहरूको ११ औँ सम्मेलनमा उनलाई अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रममा देशभरका २१ भन्दा बढी स्वास्थ्यकर्मीलाई ग्रामीण क्षेत्रमा रहेर उत्कृष्ट सेवा प्रवाह गरेबापत सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा ७ जना स्वास्थ्यकर्मीहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र र निक साइमन्स इन्स्टिच्युटको आयोजना भएको सम्मेलन शुक्रबारसम्म चल्नेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *