महाराजगञ्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुकी नोबिना बस्नेतको प्यानल विजयी

काठमाडौँ, ६ चैत । महाराजगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को प्यानल नै विजयी भएको छ ।

स्ववियु निर्वाचनमा अनेरास्ववियुको तर्फबाट सभापतिको उम्मेदवार बनेकी नोबिना बस्नेतले २१७ मत पाएर विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी नेविसंघीकी धनुष विश्वकर्माले १३३ मत पाएकी छन् ।

त्यस्तै सचिवमा अनेरास्ववियुकै सजिना पन्थ, कोषाध्यक्षमा आयूसमा राय वियजी भएका छन् । त्यस्तै सदस्यहरुमा बिन्जना केसी, सीमा खनाल, मन्जुशा न्यौपाने, अविषा कार्की र कन्चन सापकोटा विजयी भएका छन् ।

कुल ३६९ मतदाता रहेको महाराजगञ्ज नर्सिङ क्याम्पसमा ३५१ मत खसेको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *