झारफुकबाट उपचार गर्ने भन्दै झाँक्रीले कुटपिट गर्दा बालिकाको मृत्यु

176
Shares

रुपन्देही, २८ फागुन । रुपन्देहीको सैनामैना नगरपालिका-१० बेमतेनीमा बिरामी बालिकालाई झारफुकबाट उपचार गर्ने भन्दै हत्या गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

कथित माताले झारफुकबाट उपचार गर्ने भन्दै कुटपिट गर्दा मृत्यु भएकी १४ वर्षीया बालिका सीता ज्ञवालीको हत्या आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शनिबार विज्ञप्ति जारी गर्दै घटनामा संलग्न झाँक्री सोनिया रेश्मीसहित सोही रात सीताको दाहसंस्कारमा संलग्न १७ जनालाई पक्राउ गरी सुक्ष्म अनुसन्धान थालिएको बताएको छ।

फागुन २० गते राति ८ बजे झाँक्रीकहाँ लगिएकी सीतालाई बोक्सी बकाउने भन्दै लछारपछार पारी कुटपिट गरेको र सोही क्रममा उनको मृत्यु भएको थियो। सीतालाई लछारपछार पारेको भिडियो सामाजिक सञ्जालमा पनि सार्वजनिक भएको छ।

त्यसप्रति प्रहरीको गम्भीर ध्यानाकर्षण भएको प्रहरीले जनाएको छ । साथै उक्त घटनामा संलग्न मानिसहरूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *